Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालमा थपिए २०५ जना कोरोना संक्रमित, ५१ जना निको

    नेपालमा थपिए २०५ जना कोरोना संक्रमित, ५१ जना निको

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 828
    SHARES

    काठमाडौं । नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ३ हजार ९० जनामा गरिएको परीक्षणका क्रममा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै ५१ जना सङ्क्रमित निको भएका छन् । केही दिन यता कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएकाले अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १३ सय ८५ जना रहेका छन् ।



    २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार