Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनी कम्पनीको कार्गो जहाज ग्रिसको काभलामा दुर्घटना

एजेन्सी । युक्रेनी कम्पनीले सञ्चालन गरिरहेको एउटा कार्गो जहाज उत्तरी ग्रिसको काभलामा दुर्घटनामा परेको छ।

त्यहाँका सञ्चार माध्यमहरुका अनुसार सर्वियाबाट जोर्डनतर्फ जाँदै गरेको एन्टोनोभ–१२ जहाज दुर्घटनामा परेको हो। यो जहाजले १२ हजार टन सामान बोकेको थियो।

जहाजमा कति मानिस थिए भन्ने एकिन भएको छैन। अधिकारीहरुका अनुसार विमानमा ८ जनाको बोर्डिङ भएको सामान्य जानकारी प्राप्त भएको छ।

ग्रिसको हवाई नियन्त्रण सम्बन्धी निकायले विमान चालकले इन्जिनमा खराबी आएको भन्दै आकस्मिक अवतरणका लागि सहयोग मागिरहेका थिए। तर विमान रन–वे मा नपुग्दै दुर्घटनाग्रस्त भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077