Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रजाली पक्राउ

बर्दिया । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा  प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मधुवन नगरपालिका ६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित गोठको पछाडि लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले रजालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077