Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।

प्रचण्डले भाजपा मुख्यालयमै पुगेर भेटवार्ता गरेका हुन्।  भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन्।

आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर स्वदेश फर्किने कार्यक्रम छ।

भ्रमणको क्रममा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077