Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३० हजार घुससहित गाउँपालिकाका अधिकृत पक्राउ

कैलाली । कैलालीमा एक गाउँपालिकाका अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।

जिल्लाको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।

बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।

घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन (घुस) मागेको सूचनाको आधारमा क्षेत्रीलाई पक्राउ गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077