Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बलात्कार आरोपमा एक युवक पक्राउ

पर्वत । १३ बर्षीया बालिका बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक युवकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–१३ मा बस्दै आएका २४ वर्षीय खिम बहादुर बिक लाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो।

बिकले ती बालिकालाई गत असार ३१ गते राति १० बजेको समयमा पोखरा महानगरपालिका–५ लभ्ली डाँडामा लगेर बलात्कार गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनको खोजी थालेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले असार ३२ गते बिहान पौने चार बजे बिकलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077