हेटौंडा । गत असार २९ गते ५ वटा अध्यादेश पास गरेर अनिश्चितकालका लागि स्थगित भएको बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने भएको छ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले साउन ५ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
संसद् चल्न नसकेको अवस्थामा सरकार संचालन र दैनिक काम कारवाहीका लागि ल्याइएको विभिन्न ५ अध्यादेश स्वीकृत गरेर अनिश्चित कालका लागि स्थगित गरिएको बैठक पुनः साउन ५ गतेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
उक्त बैठकमा सरकारले ल्याएको अध्यादेशहरूको प्रतिस्थापन विद्येयकमाथि छलफल हुने कार्य सूची रहेको छ ।