Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अत्याधीक गर्मी बढेपछि एक साता विद्यालय बन्द

    अत्याधीक गर्मी बढेपछि एक साता विद्यालय बन्द

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन गर्मी बिदा दिएको छ ।

    भैरहवा क्षेत्रमा अत्यधिक गर्मी भई विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले एक साता बिदा दिइएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ।



    नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयद्वारा जारी सूचनामा वर्षे विदाबाट कट्टी गर्ने गरी मंगलबारदेखि साउन ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय विदा दिने निर्णय भएको उल्लेख छ।



    पछिल्लो हप्ता भैरहवामा अत्यधिक गर्मी बढेपछि सर्वसाधारणको जनजीवन समेत प्रभावित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार