Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सर्वोच्चले भन्यो-लुम्बिनी प्रदेशको छात्रवृत्ति कार्यक्रममा मधेसीलाई पनि आरक्षण दिनु

    सर्वोच्चले भन्यो-लुम्बिनी प्रदेशको छात्रवृत्ति कार्यक्रममा मधेसीलाई पनि आरक्षण दिनु

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 930
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सरकारले निकालेको छात्रवृत्तिसम्बन्धी सूचनामा मधेशी समुदायका विद्यार्थीलाई समेत आरक्षणको व्यवस्था गर्न आदेश दिएको छ ।

    प्रदेशको शिक्षा तथा सामाजिक विकास निर्देशनालय, दाङले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति दिने भन्दै ०७९ असार १३ मा सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।



    तर, सो सूचनामा मधेशी समुदायका लागि छात्रवृत्ति कोटा नराखिएको भन्दै रुपन्देहीकी निशा हरिजनले अदालतमा निवेदन दिएकी थिइन् ।



    सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले असार २१ गते अन्तरिम आदेश जारी गर्दै छात्रवृत्ति नियमावली, २०६ अनुसार सबै वर्ग र समूहले छात्रवृत्ति पाउन सक्ने व्यवस्था गर्न आदेश दिएको हो ।

    अदालतले संवैधानिक प्रावधान, छात्रवृत्ति नियमावली, २०६० ले प्रत्याभूत गरेको आरक्षण कोटा र अन्य नजिरहरुका आधारमा यस्तो आदेश दिएको अधिवक्ता रक्षाराम हरिजनले जानकारी दिए ।

    अदालतले आर्थिकरुपले विपन्न वर्गलाई कोटा नछुटाई अन्य वर्गहरूलाई मात्र छात्रवृत्ति प्रदान गर्दा मधेशीलगायत उक्त वर्गभित्र पर्ने अन्य नेपाली नागरिकको संविधा तथा कानुनप्रदत्त हकमा निरन्तर आघात पर्ने देखिएको भनेको छ ।

    अदालतले लुम्बिनी प्रदेश सरकारका ‘विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६’ लाई संघीय सरकारको छात्रवृत्ति नियमावली, २०६० बमोजिम संशोधन गर्न समेत निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार