Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुससँग साँठगाँठ गरेको आरोपमा युक्रेनी सुरक्षा प्रमुख बर्खास्त

एजेन्सी । युक्रेनका सुरक्षा प्रमुख इभान बाकानोभ बर्खास्त भएका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा सेवाका प्रमुख बाकानोभसहित अरू केहीलाई रुससँग साँठगाँठ गरेको आरोपमा बर्खास्त गरेका हुन् ।

रुसी युद्ध अपराधको अभियोग निरूपण गर्ने निकायको नेतृत्व गर्ने अभियोजक जनरल इरिना भेनेडिक्टोभालाई पनि बर्खास्त गरिएको छ ।

बर्खास्तमा परेकाहरूमाथि रुस नियन्त्रित क्षेत्रहरूमा युक्रेनविरुद्ध काम गरेको, आफ्नो भूमिमा रुसी घुसपैठ तथा राज्यको राष्ट्रिय सुरक्षालाई बेवास्ता गरेकोलगायत आरोप लागेको छ ।

रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077