Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

१९२ केजी गाँजासहित स्कारपियो बरामद

रौतहट । रौतहटको राजपुर नगरपालिका ६ स्थित कुटियाबाट सशस्त्र प्रहरीले करिब १ सय ९२ किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले आइतबार उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

सो ठाउँमा रहेको बगैचामा पार्किङ्ग गरि राखेको डीएल ४ सीएनबी ६२२९ नम्बरको स्कारपियो गाडीमा शंका लागि जाँच गर्दा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले गाडी समेत बरामद गरेको छ । बरामद गाँजा तथा गाडी नेपाल प्रहरीलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077