Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्सको एउटा बारमा गोली चल्दा एक जनाको मृत्यु, चार घाइते

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

एक बन्दुकधारीले सोमबार राति अन्धाधुन्ध गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका प्रहरीले जनाएको छ ।

संदिग्धलाई प्रहरी हिरासतमा राखिएको छ । दुईजना पुरुष कारबाट बाहिर निस्केर एउटा बारको बरन्डामा बसेका व्यक्तिहरूलाई गोली हानेका सुरक्षाकर्मीले जनाएका छन् ।

अर्को संदिग्ध फरार रहेको जनाइएको छ । आक्रमणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077