Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डोटी आसपास भारी वर्षा, उच्च सतर्कता अपनाउन अपिल

    सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डोटी आसपास भारी वर्षा, उच्च सतर्कता अपनाउन अपिल

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 909
    SHARES

    काठमाडौं । सुदूरपश्चिमका केही जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा मापन गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर र डोटी आसपास भारी वर्षा मापन गरिएको हो ।



    थप वर्षा हुने देखिएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।



    ‘पछिल्लो ३ घण्टा कैलाली, कञ्चनपुर, डोटी र आसपास धेरै स्थानमा भारी वर्षा मापन भएको र थप हुने देखिएको, उक्त जिल्ला भई बहने साना नदीहरूमा बहाव बढ्ने, केहीमा आकस्मिक बहावसमेत हुन सक्ने, साना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ,’ महाशाखाले सूचना जारी गर्दै भनेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार