Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बसको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

कैलाली । कैलालीमा बसको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको मृत्यु भएको छ ।

सोमबार बिहान ना ६ ख ९६९३ नम्बरको बसले ठक्कर दिदा घाइते भएका जिल्लाको गौरीगंगा नगरपालिका–२ कटान बस्ने ४६ वर्षीय खड्क थापाको मृत्यु भएको हो ।

बसले गौरीगंगा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिकै पूर्वबाट पश्चिमतर्फ जादै गरेको अवस्थामा ठक्कर दिएपछि गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मंगलबार बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बस र चालक धनगढी उप–महानगरपालीका–१ पुष्पलाल चोक बस्ने ४३ वर्षीये दीप श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077