Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डद्वारा गठबन्धनमै रहन बाबुरामलाई आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गठबन्धनमै रहन आग्रह गरेका छन् ।

मंगलबार भएको दुई नेताबीचको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले डा भट्टराई गठबन्धनमै रहन आग्रह गरेको बताए ।

प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि अध्यक्ष प्रचण्ड र भट्टराईबीच सिंहदरबारमा छलफल भएको थियो ।

दुई नेताबीचको छलफलमा गठबन्धनका बारेमा छलफल भएको हो । नयाँ पार्टी बनाउने गृहकार्यमा रहेका भट्टराईले गठबन्धनको बारेमा जिज्ञासा राख्दा प्रचण्डले वर्तमान गठबन्धनमा रहन भट्टराई सुझाव दिएको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077