Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध मेयर साहको प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका विषयमा तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमाथि कारवाही माग गर्दै मेयर बालेन्द्र साह (बालेन)ले नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।

महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ रुटिन अफ नेपाल बन्द नामको फेसबुक पेजलाई छुट्याएको समाचार समाचारपत्र र हिमालयन टिभीले प्रकाशन प्रशारण गरेका थिए ।

साहले ती समाचारबाट भ्रम उत्पन्न हुनुका साथै व्यक्तिगत र संस्थागन गरिमामा आँच पुगेको बताएका छन् ।

‘अमूक संस्थालाई बजेट बिनियोजित गरेको समाचार प्रकाशन तथा प्रशारण गरी पत्रकार आचार संहिता २०७३ को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम दुवै सञ्चारगृहलाई क्षतिपूर्ति सहितको कारवाहीको माग गर्दछु,’ उजुरीमा साहले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077