Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विद्यार्थी संगठनद्वारा गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै आन्दोलन सुरु

    विद्यार्थी संगठनद्वारा गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै आन्दोलन सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ गठबन्धन दलका विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै आन्दोलन सुरु गरेको छ ।

    नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी गभर्नर बर्खास्तीको माग गर्दै चरणवद्ध आन्दोलन घोषणा गरेका हुन् ।



    उनीहरुले नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै हो भन्ने दावी गर्दै उनलाई बर्खास्तीको माग गरेका हुन् ।



    विद्यार्थी संगठनहरुले साउन ३ गते गभर्नर बर्खास्तीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउने, साउन ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने घोषणा गरेका छन् ।

    त्यस्तै साउन ५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन र अन्तर्क्रिया कार्यक्रम गर्ने, साउन ७ गते सांसदहरुलाई गभर्नर बर्खास्तीको आवाज उठाउन दबाव दिने निर्णय गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार