Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल सुरु

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल सुरु भएको हो ।

छलफलका लागि नेताहरू सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा पुगिसकेका छन् । उनीहरुबीच छलफलको एजेण्डा के हो भन्ने खुलाइएको छैन ।

यद्यपि नेताहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुनसक्ने बताइएको छ । गत असार १९ गते पनि पाँच नेताबीच वार्ता भएको थियो ।

यसअघि, आजै सिंहदरबारमा प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077