Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

निर्माता एवं निर्देशक अविनाश दास पक्राउ

एजेन्सी । बलिउड निर्माता एवं निर्देशक अविनाश दास पक्राउ परेका छन्। गुजरात प्रहरीले पत्रकारसमेत रहेका दासलाई पक्राउ गरेको बीबीसीले जनाएको छ।

दासविरुद्ध अहमदाबाद क्राइम ब्रान्चमा मुद्दा दायर भएको छ। सोही मुद्दामा छानबिन गर्न फिल्ममेकर दासलाई पक्राउ गरिएको हो। भ्रष्टाचार आरोपमा पक्राउ परेका झारखण्डका आइएस पूजा सिंघल र गृहमन्त्री अमित शाहको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप दासमाथि लागेको छ।

सामाजिक सञ्जालमार्फत् भ्रम फैलाइएको र गृहमन्त्री शाहको प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

दासले जमानतका लागि भारतको सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त रिटमाथि शुक्रबार सुनुवाई हुने छ। दासलाई पक्राउ गरेपछि समाजिक सञ्जालमा गुजराज प्रहरीको आलोचना भइरहेको छ।

वेवसिरिजका लागि दास चर्चित निर्देशकको रुपमा आफूलाई उभ्याएका छन्। उनको ुसीुनामक वेवसिरिजले चर्चा कमाएको थियो। पछिल्लोपटक उनले गतवर्ष रनवे लुगाईको निर्देशन गरेका थिए। त्यसअघि रात बाँकी है, अनारकली अफ आराहको निर्देशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077