Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दुई महिलासहित तीन जनामाथि खुकुरी प्रहार, एकजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अम्रैयामा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् । मंगलबार पुनर्वास वडा नम्बर २ अम्रैया कै टेके सार्कीले खुकुरी प्रहार गरेका हुन् ।

घाइते हुनेमा अम्रैयाका ४७ वर्षीय बिरसिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनचरा रावत रहेको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको टाउको र छातीमा गहिरो चोट लागेको छ । खुकुरी प्रहार गर्ने सार्कीलाई अम्रैयाको झोलुङ्गे पुलबाट खुकुरीसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

प्रहरीका अनुसार सार्कीले आफ्नै घाँटीमा समेत खुकुरी प्रहार गरेका छन् । उनको मानसिक अवस्था ठिक नभएको बुझिएको प्रहरी नायब निरीक्षक खड्काले बताए।

घाइतेमध्ये २ जनाको स्थानीय बिएन पोलिक्लिनिक आइबीआरडीमा उपचार भइरहेको र मधु महतालाई रगत अभावका कारण धनगढी पठाइएको बताइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077