Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च तानिए

    बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च तानिए

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी छानबिनमा तानिएका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले मंगलबार सर्वोच्च अदालत काजमा तानेका हुन् ।

    न्याय परिषदले उनलाई सर्वोच्च तानेर छानबिन थालेको हो । उनीविरुद्ध न्याय परिषदमा उजुरी परेको थियो । सोही आधारमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च तानेर मुद्दाको सुनुवाइबाट अलग गराएका हुन् ।



    परिषद्ले छानबिन गरेर उनीमाथि थप कारबाहीको निर्णय लिनेछ। यसअघि पनि काठमाडौंका तीन सहित केही न्यायाधीशमाथि छानबिन भइरहेको छ।



    न्याय परिषदले बितेका १० दिनमा ५ जना न्यायाधीशलाई बर्खास्त गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायमा मोलाहिजा गर्ने र फैसलामा कैफियत देखिएका न्यायाधीशमाथि कारवाही तीब्र पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार