Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्धन खरिदमा चौरपाटी गाउँपालिकाको एक वर्षमै २५ लाखबढी खर्च, महालेखाले उठायो प्रश्न

अछाम । अछामको चौरपाटी गाउँपालिकाले सरकारी गाडीका लागि एक वर्षमै २५ लाख १४ हजार १३९ रुपैयाँको इन्धन खरिद गरेको पाइएको छ ।

हालै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनले इन्धनमा भएको खर्च विवरण सार्वजनिक गर्दै गाउँपालिकामा रहेका सवारीसाधनहरुमा विभिन्न समयमा प्रयोग भएको इन्धन खर्चको लगबुक राखेको नपाइएको उल्लेख गरेको छ ।

महालेखाको प्रतिवेदनमा भनिएको छ, 'इन्धन खर्चको मापदण्ड नबनाई खर्च लेख्दा इन्धनको प्रयोगमा दुरुपयोग बढ्ने सम्भावना रहेको छ ।'

महालेखाको प्रतिवेदन अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा इन्धनमा २५ लाख १४ हजार १३९ रुपैयाँ खर्च गरेको छ । इन्धन खर्चको मापदण्ड तयार नगरेको, उपयोगको विवरण खुल्ने गरी अभिलेखसमेत नराखेको महालेखाले जनाएको छ ।

'लगबुक तथा स्पष्ट मापदण्ड निर्धारण नगरी पदाधिकारी इन्धन तथा गाउँपालिका कर्मचारी एवं कार्यालय प्रयोजनमा २५ लाख १४ हजार १३९ रुपैयाँ विभिन्न बिलबाट एकमुष्ट खर्च लेखेकोले खर्चको यथार्थता यकिन गर्न सकिएन,' महालेखाको प्रतिवेदनमा भनिएको छ ।

यस्तै गाउँपालिकाको दुई करोड २२ लाख १६ हजार वेरुजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने २० लाख १० हजार, प्रमाण कागजात पेश गर्नुपर्ने एक करोड ५७ लाख ३४ हजार र नियमित गर्नुपर्ने ४४ लाख ७२ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077