Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एसईईको रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गर्ने तयारी गरिएको हो ।

‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ बोर्डका अध्यक्ष महाश्रम शर्माले, ‘परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारीहरू भइरहेका छन्।’

प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको उनले बताए । वैशाखमा एसईई परीक्षा लिइएको थियो । एसईईमा पाँच लाख १४ हजार नौ सय ६७ विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077