Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सवारीसाधन मर्मतमै सकियो चौरपाटी गाउँपालिकाको २१ लाख !

अछाम । चौरपाटी गाउँपालिकाको २१ लाख सवारीसाधन मर्मतमै सकिएको छ ।

हालै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाले कार्यालयको गाडी, मोटरसाइकल र डोजर मर्मत गर्न २१ लाख खर्च गरेको हो ।

''सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९६ (१) मा मालसामान मर्मत गर्नुपर्ने भएमा सोको लागत अनुमान स्वीकृत गराउनु पर्ने र नियम ९६ (३) मा पाँच हजार माथिका पार्टपूर्जा फेर्नु पर्ने भएमा सोको जिन्सी दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ,' महालेखाको प्रतिवेदनमा भनिएको छ, 'तर कार्यालयले गाडी, मोटरसाईकल तथा डोजरको मर्मतमा २१ लाख खर्च गरेकोमा, मर्मत कार्यको लागत अनुमान तयार गरी स्वीकृत गरेको छैन भने फेरीएको पार्टपुर्जाको जिन्सी दाखिला गरेको छैन ।''

'नियमावलीको व्यवस्था अनुसार लागत अनुमान तयार नभएको तथा फेरीएका पार्टपुर्जाको जिन्सी दाखिलासमेत नगरेकोले, खर्चको वास्तविकता यकिन गर्न सकिएन,' महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077