Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • केपी ओलीको आरोप – सरकार विभिन्न बहानामा निर्वाचन सार्न खोज्दै छ

    केपी ओलीको आरोप – सरकार विभिन्न बहानामा निर्वाचन सार्न खोज्दै छ

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 735
    SHARES

    फाइल तस्विर

    काठमाडौ. । सरकारले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

    बुधबार काठमाडौंमा आयोजना भएको एमाले वागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।



    उनले संवैधानिक व्यवस्था अनुसार आगामी मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुनैपर्ने बताए । तर सरकारले विभिन्न बहाना बनाएर निर्वाचनको मिति पछि सार्ने प्रयास गरिरहेको ओलीले बताए ।



    ओलीले आफ्नो नेतृत्वको सरकार भएका बेला सम्बृद्धि र विकासको लय समाते पनि गठबन्धन सरकार बनेपछि त्यो बिग्रेकाले आगामी निर्वाचनपछि देशलाई सम्बृद्धि र विकासका उदेश्य प्राप्त गर्नेगरी बढ्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार