Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम प्राप्त हुन सकेन : एमाले अध्यक्ष ओली

काठमाडौं । पार्टी नेता र कार्यकर्ताहरूका कारण वाग्मती प्रदेशमा स्थानीय तह निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम प्राप्त गर्न नसकेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

आज बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले वाग्मती प्रदेशबाट स्थानीय तह निर्वाचनमा सोचेजस्तो परिणाम प्राप्त हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

ओलीले पार्टीका नेता र कार्यकर्तामा इमानदारिता‚ अनुशासन र संकल्पको कमीका कारण स्थानीय तहको निर्वाचनमा वाग्मती प्रदेशमा सोचेजस्तो परिणाम नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077