Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • माओवादी सांसद महतको व्यंग्य – कुखुराको चल्ला हराउँदा त खोजिन्छ, एम अधिकारीलाई किन नखोजेको

    माओवादी सांसद महतको व्यंग्य – कुखुराको चल्ला हराउँदा त खोजिन्छ, एम अधिकारीलाई किन नखोजेको

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 975
    SHARES

    काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी फेला नपर्दा पनि सरकार र प्रतिपक्षी दल कसैले खोजी नगरेको भन्दै एक सांसदले आपत्ति जनाएका छन् ।

    बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले एम अधिकारी पत्ता लगाउन माग गरेका हुन् ।



    महतले भने-‘कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्छ हाम्रो गाउँघरमा । सबभन्दा ठूलो पार्टीको विभागको केन्द्रीय सदस्य हराउँदा उहाँको खोजी न सरकार गर्छ, न प्रतिपक्षले गर्छ ।’



    जुम्लाका सांसद महतले सरकारले खोजी नगरे त्यो व्यक्तिको खोजी गर्नु सम्बन्धित थरका मान्छेको दायित्व हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार