Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आफुले बोल्दा ताली नपिटेको भन्दै कार्यकर्तासँग झोक्किए ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफुले बोल्दा ताली नपिटेको भन्दै कार्यकर्तासँग झोक्किएका छन् ।

बुधबार एमाले वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका प्रमुख वक्ता रहेका ओलीले सम्बोधन गर्दा कार्यकर्ताले चर्को ताली नबजाएको भन्दै कार्यकर्ताहरूसँग झोक्किएका हुन् ।

‘हामी हाम्रा महान अभिभाराहरु पुरा गर्न, महान उद्देश्यमा पुग्ने अभिभारा पुरा गर्न, हाम्रा अगाडिका गम्भीर चुनौतिहरुलाई पराजित गर्नका लागि एमाले एकढिक्का हुन्छ, एक ढिक्का हुनुपर्छ’

ओलीले यति भनेपछि कार्यक्रममा सहभागीहरू थोरै कार्यकर्ताले तालि बजाएका थिए । त्यो सुनेर ओलीले भने, ‘ताली बजाउनु भो, थोरैले बजाउनु भो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077