Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • तातो हावाका कारण बेलायतमा तेस्रो दिन पनि रेलसेवा अवरुद्ध

    तातो हावाका कारण बेलायतमा तेस्रो दिन पनि रेलसेवा अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 960
    SHARES

    काठमाडौं । बेलायतमा तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ ।

    सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केही बेरको वर्षाले शीतल गरायो ।



    जंगलमा आगालागीका सम्भावित घटनालाई दृष्टिगत गरी तैनाथ रहेका अग्नि नियन्त्रकले राहत महसुस गरे पनि लन्डन–एडिनबरा रेलमार्गका सूचना संकेतलगायत संरचना गर्मीका कारण बिग्रँदा रेलका कर्मचारी भने तिनको मर्मतसम्भारमा व्यस्त रहनुपरेको छ ।



    मंगबार भने उनीहरू दोस्रो विश्वयुद्धपछि पहिलोपटक अति व्यस्त भएका थिए विभिन्न ठाउँमा लागेको आगो निभाउन ।

    आगोले लन्डनका ४१ वटा सम्पदा ध्वस्त पारेका मेयर सादिक खानले बताएका छन् । वायुमण्डलमा धुँवाको बादल फाटेको छैन ।

    बेलायतमा मात्र नभइ युरापेली देश फ्रान्स, पोर्चगल, स्पेन र ग्रीसमा पनि प्रचण्ड गर्मी भइरहेको छ । बेलायतसहित ती देशको मंगलबारको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार