Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भूकम्पबाट भएको जनधनको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त

    भूकम्पबाट भएको जनधनको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 873
    SHARES

    काठमाडौँ । बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित् भएको उल्लेख गरेका छन् ।



    यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गरे।



    उनले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तप्पर रहेको उल्लेख गरेको नेपालस्थित बेलायती दूतावासले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार