Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३२ एसएसपीले लगाए फूली, नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्न आईजीपीको निर्देशन

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका ३२ जना प्रहरी अधिकारीहरुलाई दर्ज्यानी चिन्ह (फूली) प्रदान गरिएको छ ।

प्रहरी मुख्यालयमा आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले हालै बढुवा भएका एसएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा आईजीपी सिंहले बढुवा भएका एसएसपीहरुलाई बधाई दिँदै नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

एसएसपीमा बढुवा भएका गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, दानबहादुर कार्की, मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्यले आज फूली लगाएका हुन् ।

त्यरैगरी अरुण पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जिव शर्मादास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरीले पनि एसएसपीको फूली लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077