Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘कुकुर मार्ने’अभिव्यक्ति दिएका वडा अध्यक्षविरुद्ध अदालतमा रिट

काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका बैठकमा ‘कुकुर मार्ने’अभिव्यक्ति दिएका वडा अध्यक्षविरुद्ध अदालतमा रिट परेको छ ।

महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्षविरुद्ध दलबहादुर कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको हो ।

वडाध्यक्ष कार्कीविरुद्ध पशु कल्याण संघ नेपालका सचिव रुपक कोइराला र कोषाध्यक्ष विकेशकुमार श्रेष्ठले उच्च अदालत पाटनमा रिट दिएका हुन् ।

सार्वजनिक स्थानमा कुकुरले दुःख दिएको भन्दै उनले कार्यपालिकाको बैठकमा एकै दिन दुई हजार पाँच सय कुकुर मार्ने प्रस्ताव गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077