Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नविना लामाको स्पष्टीकरण – 'मेरो नेपाली भाषा कमजोर छ, सच्याउने कोसिस गरिरहेकी छु'

काठमाडौं । एमाले सांसद नविना लामाले आफू नेपाली भाषामा कमजोर भएको बताएकी छन् । संसद्मा बोल्ने क्रममा अशुद्ध भएपछि उनले यस्तो स्पष्टीकरण दिएकी हुन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा उनले बोलेका केही शब्द गलत उच्चारण भएको थियो । त्यसपछि उनलाई ट्रोल बनाएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

त्यहीबारे उनले स्पष्टीकरण दिएकी हुन् । 'आज मैले शून्य समयमा बोल्ने क्रममा भाषामा अशुद्ध भएको कुरामा स्वीकार गरेँ । म नेपाली भाषामा पहिल्यैदेखि कमजोर छु ।

मैले अरू बेला पनि बोल्ने लेख़्ने विषयमा गल्ती नै गरिरहेको छु । यो विषयमा सच्याउने कोसिस गरिरहेकी छु,' उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077