Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सीसीटिभी फुटेज प्रकरण : संसदीय छानबिन समितिले पूर्वअर्थमन्त्री जनार्दनसँग बयान लिँदै

काठमाडौं । सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज बिहीबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिँदैछ । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेजबारे समितिले बयान लिन लागेको हो ।

समितिले आर्थिक वर्ष २०७९्/८० को बजेट निर्माणका बेला अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा शर्मासँग सोधपुछ गर्न लागेको हो। शर्मासँग अहिले बिहान साढे ८ बजे बयान लिने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भइ कुनै निश्चित समूहलाई फाइदा पुग्नेगरि करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति बनेको थियो। समिति बनेसँगै शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

समितिका अनुसार आज बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक भएको र समितिको समयावधि थप गर्ने पनि छलफल गर्नुपर्ने भएकाले ‘शर्मासँग मात्रै छलफल गर्न बिहानको समय निर्धारण गरिएको’ हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077