Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोग ‘चिया पार्टी’ दर्ताका लागि आएपछि...

काठमाडौं । निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न नसक्ने भन्दै फिर्ता पठाएको छ ।

आयोगमा दर्ता गर्न निवेदन, आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाएको हो ।

पार्टीको नाम हलुका किसिमको भएको र पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दर्ता गर्न नमानेको सो पार्टीले जनाएको छ ।

चिया पार्टीको झण्डा संविधानको भावना विपरित भएकोले पार्टी दर्ता नगरी फिर्ता पठाइदिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077