Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सीसीटिभी फुटेज प्रकरण : संसदीय छानबिन समितिको म्याद थपको तयारी

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिको म्याद थप गरिने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० बजेट ल्याउने क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न गठन गरेको

संसदीय छानबिन विशेष समितिले तोकिएको समयमा प्रतिवेदन दिन नसक्ने भएपछि यसको समयावधि थप गर्न लागिएको हो।

आज बस्ने संसदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने जनाइएको छ । यसअघि २२ असारमा समिति गठन गरी काम सुरु गरेको मितिले १० दिनको समय उपलब्ध गराइएको थियो ।

निवर्तमान छानबिनको क्रममा समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार करिब ३ घण्टासम्म सोधपुछ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077