Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वन मुद्दामा फरार घर्ती र सुनार पक्राउ

सुर्खेत । वन मुद्दामा फरार दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–२ का ४० वर्षीया लोकबहादुर घर्ती र वीरेन्द्रनगर नगरपालिका–२ फलाटेका ४५ वर्षीय हरिबहादुर सुनार रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको टोलीले घर्तीलाई वीरेन्द्रनगर नगरपालिका–१२ एयरपोर्ट नजिकबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत सुर्खेतले वनसम्बन्धी मुद्दामा ६ महिना कैद सजाय र ६० हजार जरिवाना तोकेको थियो ।

सुनारलाई उनकै घरबाट पक्राउ गरिएको हो। उनलाई वन मुद्दासम्बन्धी नै २ महिना ८ दिन कैद सजाय र रु ९ हजार ८४८ रुपैया जरिवाना तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077