Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तेस्रो लिङ्गीको नक्कली एकाउन्ट बनाएर चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा तेस्रो लिङ्गीको नक्कली एकाउन्ट बनाएर चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिका–५ घर भई बौद्ध बस्दै आएका २४ वर्षीय इनड्राइभरका ट्याक्सी चालक कर्म वाङ सिङलाई प्रहरीले पक्राउ गरेको हो ।

इनड्राइभर राइडर एप प्रयोग गर्दा महिला चालक भएको भेटिएमा उक्त एपमार्फत प्राप्त भएको मोबाइल नम्बर पोर्न साइटमा राखेको आरोप सिङलाई लागेको छ ।

पीडितले प्रहरीको साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

उनका अनुसार लामाले पीडितले प्रयोग गर्ने फेसबुकबाट तस्वीर डाउनलोड गरेर नक्कली एकाउन्ट बनाएका थिए । र, म्यासेन्जरमार्फत पीडित बनेर साथीहरुसँग पैसा पनि मागेको पाइएको छ ।

सोही एकाउन्टमार्फत ‘स्टडी म्याटरियल’ नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देहव्यापार हो भन्ने आशयको शब्दहरु लेखेर पोष्ट गरेको अर्यालले बताए । थप अनुसन्धान भइरहेको अर्यालको भनाइ छ ।

पक्राउ परेका सिङविरुद्ध जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार एने अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077