Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राज्य व्यवस्था बेथिति र विसङ्गतिको पुलिन्दा बन्यो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसङ्गतिको पुलिन्दा बनेको आरोप लगाएका छन् । बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले सत्तारूढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता सङ्कटमा परेको दाबी गरे । उनले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

अध्यक्ष लिङदेनले विदेशीसामु प्रमुख दलहरूले अनुसरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको दाबी गरे ।

उनले भने , ‘सत्तारूढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता सङ्कटमा छ । सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको छ । अस्थिरताको बाटो सिर्जना गरेको छ । राज्य व्यवस्था बेथिति र विसङ्गतिको पुलिन्दा बनेको छ ।’

यस्तै अध्यक्ष लिङ्देनले नेपाल आर्थिक सङ्कटमा रहेको भन्दै यस्तो बेला देशमाथि अर्को सङ्कट आइलाग्नसक्ने खतरा बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077