Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एटिएम मेसिन फोरेर १५ लाख चोरी

    एटिएम मेसिन फोरेर १५ लाख चोरी

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    कास्की । पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ ।

    पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति १५ लाख रुपैयाँ चोरी भएको हो ।



    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए । उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए ।



    चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो । बैंकले अघिल्लो दिन एटिएममा १७ लाख रुपैयाँ राखेकामा दुई लाख रुपैयाँ ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार