Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एटिएम तोडफोड गरेर पैसा चोरी गरिरहेको अवस्थामा दुईजना पक्राउ

    एटिएम तोडफोड गरेर पैसा चोरी गरिरहेको अवस्थामा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 840
    SHARES

    वीरगन्ज । बीरगन्जमा एटिएम फुटाइ पैसा चोरी गरिरहेको अवस्थामा दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ बस्ने २५ बर्षका अजय चौधरी र कलैया उपमहानगरपालिका बस्ने २७ बर्षका राजकपुर चौधरी रहेका छन् ।



    आइतबार राति पौने १० बजेको समयमा वीरगन्ज–८ स्थित माछापुच्छ्रे बैंकको एटिएम फुटाइ रहेको बेला खबर पाएर वडा प्रहरी कार्यालय श्रीपुरबाट गएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    उनीहरुमाथि चोरीसम्बन्धी कसूरमा अदालतबाट सात दिनको म्याद थप गराइ अनुसन्धान अगाडि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार