Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एटिएम मेसिन फुटाउँदै गरेका युवक प्रहरीको फन्दामा

    एटिएम मेसिन फुटाउँदै गरेका युवक प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । प्रहरीले एटिएम मेसिन तोडफोड गर्दागर्दै एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं. ७ घर भइ हाल काठमाडौँ सानो गौचरण बस्ने २१ बर्षीय आकाश तामाङ रहेका छन्।



    तामाङलाई काठमाडौं महानगरपालिका-१स्थित नक्साल भगबतीनजिक रहेको एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने सामानसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले तामाङमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार