Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एटिएम मेसिन फुटाउदै गरेका युवक प्रहरीको फन्दामा

    एटिएम मेसिन फुटाउदै गरेका युवक प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 3K
    SHARES

    मोरङ । जिल्लाको बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा सुनसरी जिल्ला दुहबि नगरपालिका-९ घर भएका २४ वर्षीय मो.ईम्तियाज रहेका छन्। 



    आइतबार राति प्रहरीले बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो। 



    उक्त बैंकको एटिएम तोडफोड भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीको भनाइ छ। 

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार