Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उदयपुरमा एटिएम मेसिन फुटाउदै गर्दा एक युवक पक्राउ

    उदयपुरमा एटिएम मेसिन फुटाउदै गर्दा एक युवक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 4K
    SHARES

    उदयपुर। जिल्लाको त्रियुगा नगरपालिका-११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पंञ्चायत लौकाहा घर भएका त्रियुगा नगरपालिका-३ बस्ने १८ वर्षीय एक युवक रहेका छन्।



    सोमबार एटिएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न ती युवकलाई पक्राउ गरेको जनाएको छ।



    उक्त कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार