Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गर्भनर अधिकारीद्वारा प्रधानमन्त्रीसमक्ष मौद्रिक नीतिको ब्रिफिङ, भोलि मौद्रिक नीति सार्वजनिक हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अधिकारीले बिहीबार साँझ ६ बजे बालुवाटारमा मौद्रिक नीतिको ब्रिफिङ गरेका हुन् ।

अब शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुने भएको छ । गभर्नर अधिकारीले प्रधानमन्त्रीसमक्ष मौद्रिक नीतिको ब्रिफिङ गरेका कारण अब नीति ल्याउन शुक्रबार बिहान सञ्चालक समितिको बैठक तय भएको छ।

बिहीवार बिहान मौद्रिक नीतिबारे गभर्नरले बिफ्रिङ गर्ने तयारी भए पनि प्रधानमन्त्रीको समय अभावका कारण साँझलाई सारिएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077