Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजेन्द्र लिङ्देनमाथि कार्यकर्ता धम्क्याएको आरोप

काठमाडौं । राप्रपाका केन्द्रीय सदस्यहरुले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना गरेका छन् ।

उनीहरुले जायज विषयमा नेतृत्वको आलोचना गर्दासमेत अध्यक्ष लिङ्देनले कतिपय कार्यकर्तालाई धम्क्याउने तथा कालोसूचीमा राख्ने गरेको भन्दै युवा केन्द्रीय सदस्यहरुले आलोचना गरेका हुन् ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो दिन बोल्ने केन्द्रीय सदस्यहरुले नेतृत्वको खुलेर आलोचना गरेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

अध्यक्षले विधान मिचेर निरंकुश कार्य गरेको पनि उनीहरुको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077