काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डलाबाट जुलुस निकालिएको हो ।
प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने,
भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने राप्रपाको माग छ ।