Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'म बैंकको कर्मचारी हुँ' भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम । धनुषामा बृद्वाको चेकबाट रकम निकालेर फरार एक युवक पक्राउ परेका छन् । शुक्रबार कमला नगरपालिका २ माचीका २३ वर्षीय सन्तोष कुमार ठाकुर पक्राउ परेका हुन् ।

उनीमाथि विदेह नगरपालिका १ की ७३ वर्षीया कुम्हिया देवी भिनवार यादवलाई बैंकको कर्मचारी रहेको भन्दै चेक बुक लिएर २४ हजार रुपैयाँ झिकेको आरोप लागेको छ ।

कुम्हिया देवी वृद्ध भता झिक्न आएको बेला जनकपुरधाम मिल्स एरियास्थित एनआईसी एसिया बैंकमा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार ठाकुरले म बैंकको कर्मचारी हो, तपाईंको चेक बुक ल्याउनु म रुपैयाँ निकाल्दिन्छु भनी कुम्हिया देवी भिनवार यादवसँग चेक बुक लिई बैंकबाट २४ हजार रुपैयाँ झिकी फरार भएका थिए । हुलियाको अधारमा माचिको राजवंशी कोल्ड स्टोरबाट रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077