Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने

काठमाडौं । सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने भएका छन् । यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो । १२ करोड ऋण लिन विभिन्न बैंक धाउनुपर्थ्यो।

राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले सेयर कर्जामा १२ करोडको सीमा भने कायमै राखेको छ। तर, अब एउटै बैंकबाट १२ करोड ऋण लिन पाउने व्यवस्था गरिदिएको छ। सेयर बजार लगानीकर्ताले यसलाई 'हर्ष न बिस्मात' भनेका छन्।

आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीतिमा १२ करोडको कर्जा सीमा नहटाइएकोमा ठूला लगानीकर्ता भने असन्तुष्ट देखिएका छन्। जोखिम भार र सेयर कर्जा सीमा सान्दर्भिक नभएको तर्क उनीहरूको छ। तर, साना र मध्यम लगानीकर्ताले भने यो नीति उचित भएको बताएका छन्।

मुलुकको अर्थतन्त्र धराशायी भएका बेला मौद्रिक नीतिले सेयर बजारसम्बन्धी लिएको नीति उचित भएको उनीहरूको भनाइ छ। गभर्नर महाप्रसाद अधिकारीले ब्रोकरमार्फत सेयर बजार व्यवस्थित र नियमित हुँदै गएपछि मार्जिन कर्जाको सीमा हटाइने बताए। सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्मको कर्जामा सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा एक सय ५० प्रतिशत जोखिम भार राख्नुपर्ने व्यवस्था यथावत राखिएको गभर्नर अधिकारी बताउँछन्। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077