Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाँजा भारततर्फ लैजादै गरेको अवस्थामा ट्रकसहित दुईजना पक्राउ

बारा । नेपालबाट भारततर्फ लागुऔषध गाँजा तस्करी गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ बा ५ ख ८०७५ नम्बरको ट्रकमा लुकाएर बाराको महागढीमाई नगरपालिका ५ तेलगाई बाटो हुँदै सीमातर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले १५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

१५ किलोका दरले १० वटा प्लास्टिकका पोकामा प्याक गरिएको १५० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका ६ सानुलेख बस्ने २९ वर्षीय राजकुमार रुम्बा र ट्रकमा सवार भारतीय नागरिक मोतीहारी जिल्ला थाना संग्रामपुर ११ बस्ने श्यामलाल महतो रहेका छन् ।

उनीहरुलाई गाँजासहित कारबाहीका लागि नेपाल प्रहरीकहाँ बुझाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077